ग्लोबल


कुम्भ मेला गइरहेको बोलेरो फर्किंदै गरेको बससँग ठोकिँदा १० भक्तजनको मृत्यु, १९ जना घाइते

कुम्भ मेला गइरहेको बोलेरो फर्किंदै गरेको बससँग ठोकिँदा १० भक्तजनको मृत्यु, १९ जना घाइते

बससँग ठोकिएर कच्याकुचुक भएको बोलेरो। तस्बिर : भारतीय सञ्चारमाध्यम


नेपालखबर
फागुन ३, २०८१ शनिबार १२:१८, काठमाडौँ

भारतको उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा जारी कुम्भ मेलामा भाग लिन जाँदै गरेका छत्तीसगढका १० जना भक्तजनको दुर्घटनामा परी मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन्। मृतक सबै छत्तीसगढको कोरबा र जांजगिर चम्पा जिल्लाका बासिन्दा थिए।

छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट १० जना श्रद्धालु बोलेरोमा प्रयागराज जाँदै थिए। उत्तर प्रदेशको मिर्जापुर-प्रयागराज राजमार्गमा रहेको मनुका पुरा गाउँनजिकै राति अबेर उनीहरू सवार बोलेरो बससँग ठोकियो।

प्रहरीका अनुसार ठोकिँदा बोलेरोको अगाडिको भाग कच्याकुचुक भएको छ भने बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भयो।

उता बसमा सवार १९ यात्रु पनि घाइते भएका छन्। उनीहरूलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्, जो कुम्भमा नुहाएर वाराणसी फर्किंदै थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad