दिल्लीमा भाजपा विधायक रेखा गुप्ताको नेतृत्वमा गठित नयाँ सरकारका मन्त्रीहरूको जिम्मेवारी बाँडफाट गरिएको छ।
मुख्यमन्त्री गुप्ताले मन्त्रालय विभाजनको बारेमा जानकारी दिएकी हुन्।
उनले भनिन्, ‘म सामान्य प्रशासन, सेवा, वित्त, राजस्व, महिला तथा बाल विकास, भूमि तथा भवन, सूचना तथा जनसम्पर्क, सतर्कता, योजना, प्रशासनिक सुधार र अन्य मन्त्रीलाई नदिइएका अन्य विभाग सम्हाल्नेछु।’
कुन मन्त्रीलाई कुन मन्त्रालय?
परवेश वर्मा - पीडब्ल्यूडी, विधायी मामिला, सिँचाइ तथा बाढी नियन्त्रण, पानी तथा गुरुद्वारा चुनाव।
आशिष सूद - आवास, विद्युत, शहरी विकास, शिक्षा
मनजिन्द्र सिरसा - उद्योग, वन तथा वातावरण, खाद्य तथा आपूर्ति विभाग
रवीन्द्र इन्द्रराज - समाज कल्याण, अनुसूचित जाति तथा अनुसूचित जनजाति कल्याण
कपिल मिश्रा - कानून र न्याय, श्रम, पर्यटन
पंकज सिंह - स्वास्थ्य, यातायात, आईटी
मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली विधानसभाको पहिलो बैठकमा क्याग प्रतिवेदन प्रस्तुत गर्ने घोषणा गरेकी छन्।
साथै दिल्ली मन्त्रिपरिषद्ले आफ्नो पहिलो बैठकमा आयुष्मान भारत योजना लागू गर्न पनि स्वीकृति दिएको छ।
Shares

प्रतिक्रिया