ग्लोबल


गाजामा इजरायली हमलाबाट मारिनेको संख्या नाघ्यो ५० हजार

गाजामा इजरायली हमलाबाट मारिनेको संख्या नाघ्यो ५० हजार

नेपालखबर
चैत १०, २०८१ आइतबार १९:९,

गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या ५० हजार नाघेको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

युद्धअघि गाजामा २३ लाख जनसंख्या थियो। हाल मारिएको जनसंख्या ५० हजार २१ भनेको सो जनसंख्याको २.१ प्रतिशत हो। अर्थात् हरेक ५० जनामा एक जनाको हत्या इजरायलले गरिसकेको छ।

जम्मा १ लाख १३ हजार २७४ जना घाइते भएको सो मन्त्रालयले जनाएको छ।

इजरायलले भने सो मन्त्रालयको तथ्यांकमा प्रश्न उठाउँदै आएको छ। तर, स्वतन्त्र रुपमा त्यहाँको तथ्यांक सार्वजनिक गर्ने पत्रकारहरूलाई इजारायलले गाजामा प्रवेश गर्न दिएको छैन।

राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सो मन्त्रालयकै तथ्यांकलाई विश्वास गर्दै आएका छन्।

नोभेम्बरमा राष्ट्रसंघीय मानव अधिकार कार्यालयले मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका भएको जनाएको थियो।

जनवरीमा द ल्यान्सेट जर्नलमा प्रकाशित शोधमा मारिनेहरूको संख्या मन्त्रालयले भनेभन्दा ४१ प्रतिशत ज्यादा हुनसक्ने उल्लेख थियो।

जनवरी तेस्रोको साताबाट हमासले बन्धक छाड्ने र इजरायली सेना गाजाबाट हट्ने सहमतिसहित सुरु भएको युद्धविराम इजरायलले मार्च १८ मा तोडेर आक्रमण सुरु गरेको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad