ग्लोबल


कार्नीले अमेरिकासँग सम्बन्ध सकियो भनेपछि ट्रम्पको फोन

कार्नीले अमेरिकासँग सम्बन्ध सकियो भनेपछि ट्रम्पको फोन

फाइल तस्बिर: क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
चैत १६, २०८१ शनिबार ७:४३, काठमाडौँ

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको छ। 

प्रधानमन्त्री कार्नीले राष्ट्रपति ट्रम्पले आफूलाई फोन गरी क्यानडाको सार्वभौमसत्ताको सम्मान गर्ने बताएको जानकारी दिएका हुन्। 

बीबीसीका अनुसार दुई नेताबीच फोनमा कुराकानी गरेको यो पहिलोपटक हो।

अमेरिका र क्यानडाबीच व्यापार युद्ध चलिरहेका बेला ट्रम्पले कार्नीसँग कुरा गरेका हुन्।

ट्रम्पले यसअघि धेरैपटक क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउनुपर्ने बताएका छन्।

कार्नीले ट्रम्पसँगको आफ्नो फोन वार्तालाई "धेरै रचनात्मक" भनेका छन्। उता ट्रम्पले पनि वार्तालाई "धेरै उपयोगी" भनेका छन्।

ट्रम्पले अमेरिका आयात हुने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। यो क्यानेडियन कार उद्योगका लागि धेरै हानिकारक हुनेछ।

क्यानेडियन प्रधानमन्त्रीको कार्यालयले दुई नेता चुनावपछि (अप्रिल २८ मा हुने) तुरुन्तै नयाँ आर्थिक र सुरक्षा सम्बन्धमा व्यापक वार्ता सुरु गर्न सहमत भएको बताएको छ।

मार्क कार्नीले एक दिनअघि मात्र अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए। 

 जुन मूल रूपमा अर्थतन्त्र एकीकृत गर्ने र सुरक्षा तथा सैन्य सहयोगसँग सम्बन्धित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad