राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण आयातमा लगाएको भन्सार महसुलको असरस्वरुप अमेरिकी सेयर बजारमा तीव्र गिरावट देखिएको छ। यसअघि एसिया र युरोपको सेयर बजारमा पनि पहिरो गएको थियो।
वाल स्ट्रिट खुल्नेबित्तिकै डाउ जोन्समा ३ प्रतिशतभन्दा धेरै गिरावट आएको छ। प्रविधि कम्पनीहरुको बर्चस्व रहेको नास्दाक ४.४ प्रतिशतले ओरालो लागेको छ।
अमेरिकामा ठूला कम्पनीहरुको सेयर पनि ओरालो लागेको छ। जसमा एप्पल, नाइकी, एमजनजस्ता छन्।
सौर्य ऊर्जासम्बन्धी कम्पनीहरुको मूल्यमा पनि ठूलो गिरावट आएको छ।
ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्पलाई विश्वास गर्न लगानीकर्ताहरुलाई आह्वान गरेको छ।
ट्रम्पले सम्पूर्ण आयातमा १० प्रतिशत कर लगाएका छन् भने चीन, भियतनामजस्ता मुलुकमा सबैभन्दा उच्च भन्सार लगाएका छन्।
213
Shares

प्रतिक्रिया