बदलामा चीनले अमेरिकी सामान आयातमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेपछि भन्सार महसुलबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया आएको छ।
उनले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै अमेरिकाले भन्सार नीतिमा राम्रै काम गरिरहेको टिप्पणी गरेका हुन्।
ट्रम्पले लेखेका छन्, ‘यो विश्व र अमेरिकाका लागि धेरै रोमाञ्चक छ। यो द्रुत गतिमा अघि बढिरहेको छ।’
अमेरिकाले चिनियाँ सामान आयातमा १४५ प्रतिशत भन्सार महसुल तोकिसकेको छ।
1.7k
Shares

प्रतिक्रिया