ग्लोबल


‘पोप फ्रान्सिसजस्तो महान् आत्मालाई चिन्ने अवसर पाउनु मेरो जीवनको सौभाग्य’

‘पोप फ्रान्सिसजस्तो महान् आत्मालाई चिन्ने अवसर पाउनु मेरो जीवनको सौभाग्य’

फाइल तस्बिर जो बाइडने र पोप फ्रान्सिस


नेपालखबर
बैशाख ९, २०८२ मंगलबार ८:५, काठमाडौँ

क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर शोकको लहर फैलिएको छ।

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति जो बाइडेन तथा अन्य उच्चपदस्थ नेताहरूले अत्यन्तै सम्मानका साथ उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा छोटो तर भावुक सन्देश लेख्दै पोपप्रतिको श्रद्धा प्रकट गरेका छन्। 

उनले लेखेका छन्, ‘पोप फ्रान्सिसको आत्माले चिर शान्ति पाओस्। ईश्वरले उहाँ र उहाँप्रति प्रेम गर्ने सम्पूर्णलाई आशिष दिऊन्।’

पूर्वराष्ट्रपति बाइडेनले पोपलाई ‘समयका सबैभन्दा प्रभावशाली र प्रेरणादायी धर्मगुरु’ को रूपमा स्मरण गरेका छन्। 

उनले लेखेका छन्, ‘पोप फ्रान्सिसजस्तो महान् आत्मालाई चिन्ने अवसर पाउनु मेरो जीवनको सौभाग्य हो।’

उनले पोपसँगको सम्झनात्मक तस्बिरसहित श्रद्धाञ्जली सन्देश सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेका छन्। 

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पनि पोपप्रतिको श्रद्धा प्रकट गर्दै भनेका छन्, ‘हामी सम्पूर्ण क्याथोलिक समुदायसँग एकतामा रहँदै दिवङ्गत धर्मगुरुको चिरशान्तिको लागि प्रार्थना गर्द छौँ।’

अमेरिकी कांग्रेसका वरिष्ठ नेताहरूले पनि गहिरो सम्मान प्रकट गरेका छन्।

डेमोक्रेटिक सिनेटर चक स्चुमरले भनेका छन्, ‘पोप फ्रान्सिसको गरीब, पीडित र बंचितप्रतिको करुणामय व्यवहारले उहाँको धर्मगुरुत्वलाई आशा र उज्यालोको प्रतीक बनाएको छ। उहाँको स्मृति सदैव अमर रहनेछ।’

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पोप फ्रान्सिसको सेवा भाव र विनम्रताप्रति श्रद्धा व्यक्त गरेका छन्। 

उनले भनेका छन्, ‘उहाँले गरिब र असहायहरूको सेवा गर्नुभएको कार्य अत्यन्तै प्रेरणादायी छ । सन् २०१५ मा अमेरिकी संसदलाई दिनुभएको सम्बोधन दलबन्दीभन्दा माथि उठेको ऐतिहासिक क्षण थियो।’

विश्वका अन्य नेताहरूजस्तै अमेरिकाका नेताहरूले पनि पोप फ्रान्सिसको आध्यात्मिक नेतृत्व, मानवीय सेवा र अन्तरधार्मिक सद्‌भावका लागि समर्पित जीवनप्रति गहिरो सम्मान प्रकट गर्दै उनको अनुपम योगदान सधैँ स्मरणीय रहने बताएका छन्।

इटालियन मिडियाका अनुसार ब्रेन स्ट्रोकका कारण सोमबार पोपको मृत्यु भएको हो।

पोप केही महिनादेखि बिरामी थिए। 

पोपको शव सोमबार राति भ्याटिकनमा एउटा कफिनमा राखिएको छ।

पोप फ्रान्सिसको अन्त्येष्टि ४ दिन पछि हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad