अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाएर माइक वाल्ट्जलाई नयाँ जिम्मेवारी दिएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरी यो घोषणा गरेका हुन्।
'माइक वाल्ट्जलाई संयुक्त राष्ट्र संघका लागि अर्को अमेरिकी राजदूतका रूपमा मनोनयन गर्ने घोषणा गर्न पाउँदा खुसी लागेको छ', उनले लेखेका छन्।
ट्रम्पले वाल्ट्जको ठाउँमा विदेशमन्त्री मार्को रुबियोले तत्कालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको अतिरिक्त जिम्मेवारी दिएका छन्।
संवेदनशील सैन्य योजनाबारे छलफल भइरहेको च्याट समूहमा गल्तीले एक पत्रकार थपेकामा वाल्ट्जले हालै आलोचनाको सामना गर्नुपरेको थियो।
309
Shares

प्रतिक्रिया