भारतीय प्रान्त उत्तर प्रदेशको गाजियाबादमा शनिबार राति आँधीबेहरीले एसीपी अंकुर विहारको कार्यालयको छानो भत्किँदा सब-इन्सपेक्टरको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा सब-इन्सपेक्टर वीरेन्द्र मिश्राको निधन भएको हो।
५८ वर्षीय सब-इन्सपेक्टर मिश्रा एसीपी अंकुर विहारमा चपरासी पदमा कार्यरत थिए।
राति अफिसमा सुतिरहेका बेला आँधीले अचानक छानो खसेर उनलाई लागेको थियो। जसका कारण घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको शव पोस्टमार्टमको लागि अस्पताल पठाएको छ।
जीर्ण भवनमा सरकारी काम कसरी भइरहेको थियो भन्ने प्रश्न पनि उठेको छ।
शनिबार राति गाजियाबाद, नोएडा र दिल्लीसहित एनसीआरमा आँधीबेहरी र भारी वर्षा भएको थियो।
87
Shares

प्रतिक्रिया