उत्तर प्रदेश प्रहरीले 'लरेन्स बिश्नोई गिरोहका सार्प सुटर' नवीन कुमार बुधबार इन्काउन्टरमा मारिएको दाबी गरेको छ।
उत्तर प्रदेश प्रहरी र दिल्ली प्रहरीको विशेष सेलले बुधबार राति संयुक्त अपरेसन गरेको थियो।
गाजियाबादनजिकै हापुरको कोतवाली क्षेत्रमा भएको इन्काउटरमा नवीन कुमार मारिएको प्रहरीले जानकारी दिएको छ।
उत्तर प्रदेश प्रहरीले जारी गरेको विज्ञप्तिमा मृतक गाजियाबादको लोनीका बासिन्दा भएको उल्लेख छ।
उनीविरुद्ध झन्डै २० मुद्दा चलिरहेका थिए। जसमा हत्या र मकोका मुद्दा पनि थिए।
'इनकाउन्टर'मा घाइते भएका नवीन कुमारलाई अस्पताल लगिए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको उत्तर प्रदेश प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार, नवीन कुमारलाई दुई मुद्दामा अदालतले सजाय सुनाएको थियो।
372
Shares

प्रतिक्रिया