ग्लोबल


सहायता सामग्री लिन भेला भइरहेका प्यालेस्टिनीको भिडमा इजरायलले गर्‍यो गोलाबारी, २६ जनाको मृत्यु

सहायता सामग्री लिन भेला भइरहेका प्यालेस्टिनीको भिडमा इजरायलले गर्‍यो गोलाबारी, २६ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
जेठ १८, २०८२ आइतबार १३:२५, काठमाडौँ

दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्रनजिकै इजरायली ट्यांकबाट गोलाबारी हुँदा २६ जनाको मृत्यु तथा १५० जना घाइते भएका छन्। 

रफाहका स्थानीय पत्रकार मोहम्मद घरिबले अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्रनजिकै हजारौँ प्यालेस्टिनी भेला भइरहेका बेला इजरायली ट्यांकले अन्धाधुन्द गोलाबारी गरेको बताएका छन्। 

आक्रमणपछि मृतक र धेरै घाइतेलाई गधा गाडामा राखेर अल-मवासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको बताइएको छ।

मोहम्मद घरिबले भनेका छन्, ‘लास र घाइतेहरू लामो समयसम्म भुइँमा लडिरहेका थिए। इजरायली नियन्त्रणमा रहेकाले उद्धार टोली उक्त क्षेत्रमा पुग्न सकेनन्। यसले गर्दा मानिसहरू घाइतेहरूलाई फिल्ड अस्पताल पुर्‍याउन गधा गाडा प्रयोग गर्न बाध्य भए।’

रेडक्रस फिल्ड अस्पतालले आक्रमणमा २६ जनाको मृत्यु र १५० जना घाइते भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad