भारतीय जनता पार्टी (भाजपा) महिला मोर्चाकी एक पूर्वपदाधिकारी आफ्नै नाबालिग छोरीलाई बलात्कार गराएको आरोपमा पक्राउ परेकी छन्।
बीबीसी हिन्दीका अनुसार बलात्कार आरोपमा प्रहरीले ती महिलासहित उनका पुरुष साथीलाई हरिद्वारबाट गिरफ्तार गरेको हो।
उनीहरूविरुद्ध सामूहिक बलात्कार, पोक्सो ऐन र अन्य धाराअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीलाई प्राप्त जाहेरीमा पीडितकी आमाले आफ्ना पुरुष पार्टनरसँग मिलेर जनवरी २०२५ देखि किशोरी छोरीलाई धेरैपटक यौन उत्पीडन गरिएको उल्लेख छ।
किशोरीलाई बलात्कार हरिद्वार, आगरा र वृन्दावनका केही होटलमा भएको दाबी जाहेरीमा गरिएको छ।
प्रहरीका अनुसार बलात्कार गर्ने बेला पीडितलाई कसैलाई भने उनको परिवारको ज्यान खतरामा पर्ने धम्की दिइएको थियो।
सहनै नसकेपछि किशोरीले आफ्नो पीडा बुबालाई सुनाएपछि घटना प्रहरी कार्यालयसम्म पुगेको हो।
एसएसपी प्रमोद सिंह डोभालका अनुसार पीडितले आफ्नी आमा र आमाका पुरुष साथीविरुद्ध जाहरी दर्ता गराएकी थिइन्।
उनले भने, ‘घटना धेरै गम्भीर छ र पीडितको मेडिकल जाँचमा यौन उत्पीडन पुष्टि भएको छ।’
प्रहरीका अनुसार महिला र उनको पार्टनरलाई होटलबाट पक्राउ गरिएको छ भने तेस्रो आरोपितको खोजी जारी छ।
यसैबीच भाजपाले आरोपित महिलालाई पार्टीको साधारण सदस्यबाट पनि निष्कासन गरेको छ।
Shares

प्रतिक्रिया