रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का वरिष्ठ अधिकारीका छोरालाई 'अर्डर अफ लेनिन अवार्ड' दिएका छन्।
उनले उक्त पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई हस्तान्तरण गरेका हुन्।
विटकफले यसै हप्ताको सुरुमा युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे छलफल गर्न राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।
त्यही बेला पुटिनले 'अर्डर अफ लेनिन' पुरस्कार सीआईएका डिजिटल इनोभेसनका उपनिर्देशक जुलियन ग्यालिनाका २१ वर्षीय छोरा माइकल ग्लोसका लागि हस्तान्तरण गरेका हुन्। ग्लोस रुसका तर्फबाट युक्रेनविरुद्ध लड्दा गत वर्ष मारिएका थिए।
पुटिनले उक्त पुरस्कार अमेरिकाका राष्ट्रपति ट्रम्पले अगस्ट १५ मा अलास्कामा आफूसँग युक्रेनका विषयमा छलफल गर्ने घोषणा गरेका बेला हस्तान्तरण गरेका हुन्।
यद्यपि, रुसले आधिकारिक रूपमा ग्लोसलाई मरणोपरान्त यो पुरस्कार दिने पुष्टि गरेको छैन।
'अर्डर अफ लेनिन' सोभियत युगमा उत्कृष्ट नागरिक सेवाको लागि दिइने पुरस्कार हो।
Shares

प्रतिक्रिया