ग्लोबल


मणिपुरमा सुरक्षा बलसँग मुठभेड हुँदा ४ जना यूकेएनए कार्यकर्ता मारिए

मणिपुरमा सुरक्षा बलसँग मुठभेड हुँदा ४ जना यूकेएनए कार्यकर्ता मारिए

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १३:१७, काठमाडौँ

भारतको मणिपुरअन्तर्गत चुराचन्दपुर जिल्लामा मंगलबार सुरक्षा बल र कुकी समूहबीच भएको भिडन्तमा चार जना मारिएका छन्।

सेना र केन्द्रीय सुरक्षा बलको संयुक्त अपरेसन चलिरहेको बेला यो मुठभेड भएको बीबीसी हिन्दीले जनाएको छ।

मुठभेडमा मारिएका सबै संयुक्त कुकी राष्ट्रिय सेना (यूकेएनए) का कार्यकर्ताहरू भएको विश्वास गरिएको छ।

असम राइफल्सका एक अधिकारीले भने, 'सूचना पाएपछि सुरक्षाकर्मीले मंगलबार बिहान चुराचन्दपुरबाट लगभग ८० किलोमिटर टाढा रहेको खानपी गाउँमा अपरेसन सुरु गरे। यस क्रममा आतंककारीहरूले पहिले गोली चलाएका थिए। सुरक्षा बल र सशस्त्र आतंककारीहरूबीचको गोलीबारीमा चार यूकेएनए कार्यकर्ताहरू मारिए।'

रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, 'गाउँका प्रमुखको हत्या, स्थानीय मानिसहरूलाई धम्की दिने र क्षेत्रमा शान्ति र स्थिरता भंग गर्ने प्रयाससहित यूकेएनए कार्यकर्ताहरूले हालै गरेका अत्याचारपछि यो अपरेसन सुरु गरिएको थियो।'

यसैबीच यूकेएनएले सुरक्षा बलको कारबाहीको निन्दा गरेको छ र चुराचन्दपुरमा बन्दको आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad