ग्लोबल


अमेरिकाले भारतलाई बेच्दै छ यी दुई महत्त्वपूर्ण हतियार

अमेरिकाले भारतलाई बेच्दै छ यी दुई महत्त्वपूर्ण हतियार

फिलिपिन्समा गरिएको जेभलिन एन्टी-ट्यांक मिसाइल परीक्षण


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार ८:३७, काठमाडौँ

अमेरिकाले भारतलाई दुई प्रमुख हतियार बेच्ने सम्झौता अनुमोदन गरेको छ।

अमेरिकाको विदेश विभागले भारतलाई ९२.८ मिलियन डलर अर्थात् भारतीय रुपैयाँ ८२३ करोड मूल्यको हतियार बिक्री गर्ने सम्झौता अनुमोदन गरिएको जानकारी दिएको छ।

भारतलाई बेचिने हतियारहरूमा जेभलिन एन्टी-ट्यांक मिसाइल र एक्सक्यालिबर प्रेसिजन आर्टिलरी प्रोजेक्टाइल छन्। यी यस्ता  गोला हुन्, जसले सटिकताका साथ लक्ष्यमा प्रहार गर्न सक्छन्।

नौ महिनाअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङ्टनमा रक्षा क्षेत्रमा सहयोगका विषयमा भेटवार्ता भएको थियो। 

यस वर्ष अक्टोबरमा भारत र अमेरिकाबीच दश वर्षका लागि रक्षा सहयोग विस्तार गर्न सम्झौतामा हस्ताक्षर भएको थियो।

भारतले रुसबाहेक अन्य देशबाट हतियार खरिद गरेर हतियार आपूर्तिलाई विविधीकरण गर्न खोजिरहेको छ।

ट्रम्पले भारतलाई अमेरिकाद्वारा निर्मित थप हतियार खरिद गर्न आग्रह गरेको रिपोर्ट आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad