ग्लोबल


नाइजेरियामा बन्दुकधारीहरूले गरे २०० भन्दा बढी विद्यार्थी अपहरण

नाइजेरियामा बन्दुकधारीहरूले गरे २०० भन्दा बढी विद्यार्थी अपहरण

नाइजेरियाको यो विद्यालयबाट बन्दुकधारीहरूले २०० भन्दा बढी विद्यार्थी अपहरण गरे।


नेपालखबर
मंसिर ६, २०८२ शनिबार १९:३५, काठमाडौँ

मध्य नाइजेरियाको एक क्याथोलिक स्कुलबाट शुक्रबार बन्दुकधारीहरूले २०० भन्दा बढी विद्यार्थी अपहरण गरेका छन्। 

बीबीसीका अनुसार यो हप्ता विद्यार्थीहरूको दोस्रो ठूलो सामूहिक अपहरण हो।

पछिल्लो आक्रमणको निसाना नाइजर राज्यको पापिरीमा रहेको सेन्ट मेरी स्कुल थियो तर अधिकारीहरूले पहिले नै धेरैवटा बोर्डिङ स्कुल बन्द गराइसकेका थिए।

नाइजेरियाको क्रिस्चियन एसोसिएसनले शुक्रबार बिहान भएको आक्रमणमा २१५ विद्यार्थी र १२ कर्मचारी अपहरण भएको रिपोर्ट गरेको छ।

विगत केही दिनमा नाइजेरियामा सशस्त्र समूहहरूले त्यस्ता स्कुलमा शृंखलाबद्ध आक्रमण गरिरहेका छन्।

गत सोमबार नाइजर राज्यको एक बोर्डिङ स्कुलबाट २० भन्दा बढी छात्रा अपहरण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad