ग्लोबल


ट्रम्पको निर्देशन : यी १९ देशबाट अमेरिका आएका व्यक्तिका ग्रिन कार्ड पुन: जाँच गर्नू

ट्रम्पको निर्देशन : यी १९ देशबाट अमेरिका आएका व्यक्तिका ग्रिन कार्ड पुन: जाँच गर्नू

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ७:४२, काठमाडौँ

अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुन: जाँच गर्ने भएको छ। 

अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएका हुन्। 

यसमा कुन कुन देशका नागरिक पर्छन् भनेर सोध्दा एजेन्सीले जुनमा जारी गरिएको ह्वाइट हाउसको घोषणालाई उद्धृत गरेको बीबीसीले जनाएको छ। 

यस्तो छ सूची:

-अफगानिस्तान

-क्युबा

-हैटी

-इरान

-सोमालिया

-भेनेजुएला

-बर्मा

-चाड

-कङ्गो गणराज्य

-इक्वेटोरियल गिनी

-इरिट्रिया

-लिबिया

-सुडान

-यमन

-बुरुन्डी

-लाओस

-सियरा लियोन

-तुर्कमेनिस्तान

-टोगो

बुधबार वासिङ्ट डीसीस्थित ह्वाइट हाउस भवननजिकै दुईजना नेसनल गार्डमाथि गोली चलाएको आरोपमा एक अफगानी नागरिक पक्राउ परेपछि ट्रम्प प्रशासनले उक्त घोषणा गरेको हो। एक नेसनल गार्डको मृत्युसमेत भइसकेको छ।

गोली हानेको आरोपमा अफगानी नागरिक रहमानुल्लाह लकनवाललाई पक्राउ गरिएको छ। 

 उनी अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रमअन्तर्गत २०२१ मा अमेरिका पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad