ग्लोबल


अमेरिकाको आरोप: चीनले गोप्य रूपमा आणविक विस्फोटक परीक्षण गर्‍यो

अमेरिकाको आरोप: चीनले गोप्य रूपमा आणविक विस्फोटक परीक्षण गर्‍यो

नेपालखबर
माघ २४, २०८२ शनिबार ६:११, काठमाडौँ

चीनले गोप्य आणविक विस्फोटक परीक्षण गरेको र ठुलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको आरोप अमेरिकाले शुक्रबार लगाएको छ। अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लङ्घन भनेको छ।

‘चीनले विस्फोटक आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षण गर्ने तयारी गरेको कुरा जानकार रहेको मैले पुष्टि गर्न सक्छु,’ जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा अमेरिकाका उपमन्त्री थोमस डिनान्नोले दाबी गरे। 

उनले थपे, ‘चीनले सन् २०२० को जुन २२ मा यस्तै उत्पादन विकास गर्ने आणविक परीक्षण गरेको थियो।’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्षको अन्त्यतिर पनि यस्तै आरोप लगाएका थिए।

राष्ट्रपति ट्रम्पले अक्टोबर ३१ मा वासिङ्टनले मस्को र बेइजिङसँग समान आधारमा आणविक परीक्षण सुरु गर्ने बताएका थिए।

डिनान्नोले शुक्रबार भने, ‘चीनको पिपुल्स लिबरेसन आर्मीले ‘आणविक विस्फोटलाई ओझेलमा पारेर परीक्षण लुकाउन खोजेको छ। किनकि यी परीक्षणहरूले परीक्षण प्रतिबन्ध प्रतिबद्धताहरूको उल्लङ्घन गरेको पुष्टि गरेका छन्।’

उनले चीनले ‘डिकपलिङ (भूकम्पीय अनुगमनको प्रभावकारिता घटाउने विधि) प्रयोग गरेर आफ्ना गतिविधि संसारबाट लुकाउन प्रयोग गरेको आरोप लगाए।

शीर्ष आणविक शक्ति राष्ट्रहरू अमेरिका र रुसबिचको अन्तिम सन्धि ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि अमेरिकाले रुस र चीनसँग आणविक हतियारको नयाँ सीमा तोक्नका लागि रुस र चीनसँग त्रिपक्षीय वार्ताको आह्वान गर्ने नयाँ अमेरिकी योजना प्रस्तुत गरिरहेका बेला डिनान्नोबाट यो टिप्पणी आएको हो।

चीनले यसअघि नै निशस्त्रीकरण वार्तामा सामेल हुन अस्वीकार गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad