अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन्।
हेग्सेथले मंगलबार भने, 'संयुक्त राज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको हत्या गर्ने प्रयास गर्ने युनिटको नेतालाई खोजेर मारेको छ।'
बीबीसी संवाददाता टम बेटम्यानले हेग्सेथलाई इरानको मिनाबमा रहेको बालिका विद्यालयमा भएको आक्रमणबारे थप जानकारी प्रदान गर्न सक्नुहुन्छ कि भनेर सोधे।
जवाफमा हेग्सेथले भने, 'हामी अनुसन्धान गरिरहेका छौँ। हामी कहिल्यै पनि नागरिकहरूलाई लक्ष्य गर्दैनौँ, तर हामी अनुसन्धान गरिरहेका छौँ।'
बेटम्यानले फेरि सोधे, 'स्कुलमा कसको बम प्रहार भएको थियो भन्ने थाहा छ कि छैन?'
हेग्सेथले जवाफ दिए, 'हामी अनुसन्धान गरिरहेका छौँ।'
171
Shares

प्रतिक्रिया