अमेरिकी सेनाको केसी-१३५ इन्धन भर्ने विमान पश्चिमी इराकमा दुर्घटना भएको छ। अमेरिकी सेनाले यसको पुष्टि गरेको छ।
अमेरिकी केन्द्रीय कमान्डले विमान दुर्घटना इराकी हवाई क्षेत्रमा भएको बताएको छ, तर छिमेकी इरानबाट कति टाढा भएको हो भन्ने कुरा स्पष्ट छैन।
विमानमा कति जना सवार थिए भन्नेबारे अहिलेसम्म कुनै जानकारी आइसकेको छैन।
उक्त इन्धन भर्ने ट्याङ्कर विमानले युद्धमा महत्त्वपूर्ण भूमिका खेल्छ।
जसले लडाकु जेट र बमवर्षक विमानलाई आकाशमै इन्धन भर्छ र लामो दूरी उडान गर्न र लड्न सक्षम बनाउँछ।
विमान दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन।
इरानसँग युद्ध भइरहेका बेला अमेरिकी सैन्य विमान दुर्घटना भएको हो।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।
यस्तै इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया