ग्लोबल


ट्रम्पको दाबी: मैले इरानमा ८ महिला आन्दोलनकारीको मृत्युदण्ड रोकेँ

ट्रम्पको दाबी: मैले इरानमा ८ महिला आन्दोलनकारीको मृत्युदण्ड रोकेँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी महिलाहरूको रिहाइको माग गरेका थिए।


नेपालखबर
बैशाख १०, २०८३ बिहिबार ९:०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानमा ८ जना महिलाको मृत्युदण्ड रोकेको दाबी गरेका छन्। 

गत जनवरीमा इरान सरकारविरुद्ध प्रदर्शनमा सहभागी ८ महिलालाई फाँसीको सजाय दिन लागिएको तर आफूले रोकेको दाबी ट्रम्पले गरेका हुन्। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘धेरै राम्रो खबर आइरहेको छ। मलाई भनिएको छ- सबै आठ महिला प्रदर्शनकारीलाई मृत्युदण्ड दिइने छैन। चार जनालाई तुरुन्तै रिहा गरिनेछ भने बाँकी चार जना एक महिनासम्म जेलमा रहनेछन्। अमेरिकी राष्ट्रपतिका रूपमा मेरो आग्रहलाई मानेर महिलाहरूलाई दिन लागिएको मृत्युदण्डको सजाय रद्द गरेकामा म इरान र यसका नेताहरूको सराहना गर्छु।’

तर इरानले पहिले नै ती महिलालाई मृत्युदण्ड दिने कुनै निर्णय नभएको बताएको छ। 

बीबीसी अरबीका अनुसार, इरानको न्यायपालिकासँग सम्बद्ध समाचार एजेन्सी मिजानले भनेको छ, ‘विपक्षी सञ्चारमाध्यमले फैलाएका झुटा समाचारबाट ट्रम्प भ्रमित भए। केही महिलालाई पहिले नै रिहा गरिसकिएको छ भने बाँकीलाई मृत्युदण्ड दिनुपर्ने अभियोग छैन।’

बीबीसीका अनुसार युद्ध सुरु भएयता इरानले १२ भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। केहीलाई इजरायलका लागि जासुसी गरेको अभियोग लगाइएको थियो भने अरूलाई यस वर्षको सुरुमा सरकारविरोधी प्रदर्शनमा संलग्न भएको आरोप लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad