ग्लोबल


साउदीले सैन्य विमान उडाउने अनुमति नदिँदा हर्मुज खुलाउने अभियान रोक्न बाध्य भए ट्रम्प

साउदीले सैन्य विमान उडाउने अनुमति नदिँदा हर्मुज खुलाउने अभियान रोक्न बाध्य भए ट्रम्प

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १६:५०,

डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा ५० हजारजति सैनिक तैनाथ गरेका थिए। तिनलाई उनले विमानवाहक युद्धपोत, विध्वंसक र विमानमा पठाएका थिए।

प्यारासुट र सर्भाइभल किट बोकेका ती सैनिक ट्रम्पले इरानको ‘क्षेप्यास्त्र उद्योग ध्वस्त पार्न’ घोषणा गरेको सैन्य कारबाहीको हिस्सा बनेका थिए। झण्डै ४० लामो लडाइँपछि युद्धविराम भयो। 

अहिले फेरि ती सैनिक आगामी कदमका लागि तम्तयार भएका छन्। तर, इरानमा अब सम्झौता हुन्छ कि युद्ध भन्ने स्पष्ट छैन। किनकि ह्वाइटहाउसले अहिलेसम्म विरोधाभाषी सन्देश दिइरहेको छ।

मंगलबार विदेशमन्त्री मार्को रुबियोले ‘अप्रेसन एपिक फ्युरी’ अन्त्य भएको घोषणा गरेका थिए। रक्षामन्त्री पिट हेगसेथले हर्मुज जलमार्गबाट जहाज आवतजावत खुलाउन ठूलो पहल भइरहेको बताए। तर, तुरुन्तै ट्रम्पले सो पहल रोकिएको घोषणा गरे।

बुधबार ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘इरानले सहमति पालना गरे’ युद्ध अन्त्य गर्ने बताए। तर, त्यो सहमति के हो, उनले खुलाएनन्। 

‘उनीहरू सहमतिमा आएनन् भने बमबारी सुरु हुन्छ,’ उनले थपे।

अमेरिकाले इरानलाई १४ बुँदे प्रस्ताव पठाएको बताइएको छ। पाकिस्तानमार्फत बिहीबार नै इरानले त्यसको जवाफ दिने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। 

उता अमेरिकी नौसेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ। जलमार्ग पार गर्न खोज्ने इरानी ट्यांकरलाई अमेरिकाले आक्रमण गर्ने गरेको छ।

युद्ध सुरु हुनुअघि पश्चिम एसियामा ४० हजार अमेरिकी सैनिक तैनाथ थिए। लडाइँका क्रममा सो संख्या ५० हजार पुगेको बताइएको छ। युद्धका क्रममा सो क्षेत्रका हरेक सैन्य अखडामा इरानले आक्रमण गरेको थियो। जसबाट अर्बौंको क्षति भएको र निर्माण गर्न लामो समय लाग्ने अमेरिकी सञ्चारमाध्यमहरूले खुलासा गरेका छन्।

साउदीले रोकिदियो सैन्य अखडाको प्रयोग
ट्रम्पले आइतबार अचानक हर्मुज जलमार्ग खुलाउने सैन्य कारबाही सुरु गर्दा उसका सहयोगी मुलुकहरूसँग फाटो देखिएको एनबीसी न्युजले अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै बताएको छ। 

ट्रम्पको कदमबाट क्रुद्ध साउदी अरबको नेतृत्वले रियादको दक्षिणपूर्वमा अवस्थित प्रिन्स सुल्तान एयरबेसबाट अमेरिकी सैन्य विमान उडान गर्न रोकिदिएका थिए। त्यसपछि ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग कुरा गरे पनि सो विषय सल्टिएन। त्यसैले ट्रम्प कारबाही रोक्न बाध्य भए।

सो सैन्य कारबाहीबारे ट्रम्पले कसैसँग पनि सल्लाह गरेका थिएनन्। कतारी नेतृत्वसँग पनि ट्रम्पले कारबाही सुरु भएपछि मात्र कुरा गरेका थिए।

ट्रम्पको कारबाहीमा सहभागी साथ दिने मुलुक यूएई मात्र देखिएको थियो। जसका कारण कारबाही सुरु हुनेबित्तिकै इरानले यूएईलाई निसाना बनाएको थियो।

त्यसैले ३६ घण्टामै ट्रम्पले सो कारबाही रोकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad