गत फेब्रुअरी २८ देखि स्ट्रेट अफ होर्मुज बन्द गरिँदा १ हजार ५०० भन्दा बढी मालवाहक जहाज खाडी क्षेत्रका समुद्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएसओ) ले जनाएको छ।
अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव आर्सेनियो डोमिंगेजले पानामामा टिप्पणीको क्रममा हाल लगभग २० हजार चालक दलका सदस्य र लगभग एक हजार ५०० जहाजहरू खाडीमा फसेको बताए।
उनका अनुसार उक्त समुद्री नाकाबाट विश्वव्यापी रूपमा खपत हुने उत्पादनहरूको अधिकाशं ढुवानी हुने गरेको छ।
उद्योग व्यवसायी समुद्री संगठनका प्रतिनिधिहरूको प्रभावित समूहलाई सम्बोधन गर्दै डोमिङ्गेजले फसेका चालक दलका सदस्य तथा अन्य देशबाट हरेक दिन नियमित कामका लागि हिँडिरहेका निर्दोष व्यक्ति उनीहरूको नियन्त्रणभन्दा बाहिरको भूराजनीतिक परिस्थितिका कारण यस क्षेत्रमा फसेको जनाउनु बताए।
Shares

प्रतिक्रिया