गुप्तचर एजेन्सीले दिल्लीमा आतंकवादी हमलाको चेतावनी जारी गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार भाजपा मुख्यालय र वरपरका सरकारी भवनमा सुरक्षा कडा पारिएको छ।
गुप्तचर एजेन्सीले दीन दयाल उपाध्याय (डीडीयू) मार्गमा रहेका कार्यालयमा आत्मघाती हमला, कार बम विस्फोट, बन्दुकधारी वा आईईडीमार्फत निसाना बनाउने आशंका गरेका छन्।
कुनै पनि खतराबाट बच्न सुरक्षा बलले निगरानी र सावधानीका उपाय बढाएका छन्।
सेनाको तैनाथी र सीसीटीभी निगरानी बढाइएको छ।
384
Shares

प्रतिक्रिया