ग्लोबल


हान्टाभाइरसले ३ जनाको मृत्यु भएको जहाज चढेका २ भारतीय 'सुरक्षित'

हान्टाभाइरसले ३ जनाको मृत्यु भएको जहाज चढेका २ भारतीय 'सुरक्षित'

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १२:४८, काठमाडौँ

हान्टाभाइरसका कारण ३ जनाको मृत्यु भएको नेदरल्यान्डको जहाज एमभी होन्डियसमा यात्रा गरेका २ भारतीय भने सुरक्षित रहेको पाइएको छ।

उनीहरू स्वस्थ रहेको स्पेनस्थित भारतीय दूतावासले जनाएको हो।

स्पेनस्थित भारतीय दूतावासले भनेको छ, 'दुई भारतीयमा (हान्टाभाइरसको) कुनै लक्षण देखिएको छैन। स्पेनको राष्ट्रिय आपतकालीन अनुगमन र समन्वय केन्द्रका अनुसार उनीहरूलाई नेदरल्यान्ड्स लगिएको छ, जहाँ उनीहरूलाई क्वारेन्टाइनमा राखिनेछ।'

अप्रिल १ मा अर्जेन्टिनाबाट निस्केको त्यो जहाज हान्टाभाइरस फैलिएपछि आइतबार स्पेनको क्यानरी टापु लगिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad