ग्लोबल


यूएईले पनि इरानमा आक्रमण गरेको ‘खुलासा’

यूएईले पनि इरानमा आक्रमण गरेको ‘खुलासा’

सामाजिक सञ्जालको भिडिओमा इरानको लावन टापुमा रहेको तेल प्रशोधन केन्द्रमा आगलागी भएको देखिन्छ : रोयटर्स


नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १०:३८, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला गरेको ‘खुलासा’ भएको छ।

यूएईले गत अप्रिलमा इरानको लावन टापुमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी वाल स्ट्रिट जर्नलले गरेको हो। 

त्यस क्रममा त्यहाँ ठुलो आगलागी भएको र लामो समयसम्म उत्पादनमा बाधा पुगेको कुरा रिपोर्टमा उल्लेख गरिएको छ। 

आक्रमण अप्रिलको सुरुमा भएको थियो, जतिबेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरिरहेका थिए।

इरानले पनि त्यस बेला शत्रुको आक्रमणले रिफाइनरीमा क्षति भएको बताएको थियो।

त्यसपछि इरानले यूएई र कुवेतमा मिसाइल र ड्रोन प्रहार गरेको थियो। 

वाल स्ट्रिट जर्नलको रिपोर्टमा भनिएको छ, ‘यूएईले आक्रमण गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छैन। यद्यपि यूएईको विदेश मन्त्रालयले सैन्य कारबाहीसहित कुनै पनि शत्रुतापूर्ण कार्यको जवाफ दिने अधिकार देशलाई रहेको बताएको छ।’

रिपोर्टअनुसार युद्धविराम अझै पूर्ण रूपमा लागु नभएकाले अमेरिका आक्रमणबाट आक्रोशित भएको छैन।

यसैबिच अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानी नेतृत्वलाई ‘बेइमान’ भनेर आलोचना गरेका छन्।

उनले भनेका छन्, ‘इरानी नेताहरूले बारम्बार आफ्नो अडान परिवर्तन गर्छन् र वार्ता लम्ब्याउँछन्। २० मिनेट लाग्ने कागजात पठाउन पाँच दिन लगाउँछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad