ग्लोबल


चीनमा कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु

चीनमा कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु

नेपालखबर
जेठ ९, २०८३ शनिबार १२:३७, काठमाडौँ

चीनको एक कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु भएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ ७:२९ बजे (स्थानीय समय) कोइला खानीमा विस्फोट भएको हो। 

जतिबेला खानीमा २४७ जना कामदार काम गरिरहेका थिए। घटनास्थलमा उद्धार जारी छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, ‘सान्सी प्रान्तको तोङ्जाउ ग्रुपको खानीमा भएको ग्यास विस्फोटमा ९० जनाको मृत्यु भएको छ।’

दुर्घटनापछि चीनका राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचार भइरहेको र बेपत्ताहरूको खोजी भइरहेको बताएका छन्।

उनले दुर्घटनाको कारण अनुसन्धान गर्न निर्देशन दिएका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad