कुवेतले बिहीबार बिहान आफ्नो भूभागमा भएको ड्रोन र क्षेप्यास्त्र आक्रमणका लागि इरानलाई दोषी ठहर्याएको छ।
कुवेतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानले हमला गरेको भन्दै कडा निन्दा गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भीर रूपमा तनाव बढाउने किसिमको घटना र सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको स्पष्ट उल्लंघन हो।’
कुवेतले इरानलाई तुरुन्तै यस्ता आक्रमण रोक्न आग्रह पनि गरेको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो हमलाका लागि तेहरान (इरान) पूर्ण रूपमा जिम्मेवार छ।’
192
Shares

प्रतिक्रिया