बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि कार्यभार सम्हालेका छन्।
हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१ औँ राजदूत हुन्।
रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएको थिए।
सोमबार मात्र लन्डन आइपुगेका रेग्मीले सोही दिन नै कार्यभार सम्हालेका हुन्। उनलाई लन्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी, कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए। रासस

प्रतिक्रिया