छिटो र धेरै पैसा कमाइ हुने प्रलोभनमा परेर कम्बोडिया पुग्ने र विभिन्न अपराधिक काम गर्न बाध्य हुने नेपालीहरूको तथ्याङ्क प्रत्येक वर्ष बढिरहेको देखिएको छ । थाईल्यान्डको वैंककस्थित नेपाली दूतावासले दिएको पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा यो आँकडा प्रत्येक वर्ष दोब्बर बढिरहेको देखिन्छ । नेपालीहरू भिजिट भिषाको नाममा त्यहाँ पुग्ने र अवैध रुपमा सञ्चालित विभिन्न गैरकानुनी काममा प्रयोग हुने गरेका छन् ।
यसरी गएका अधिकांश नेपालीहरू त्यहाँ अवैध रूपमा सञ्चालित अनलाईन ठगी, क्यासिनो तथा अन्य विभिन्न गैरकानुनी काममा प्रयोग हुने गरेका छन्। कतिपयलाई भने एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दा पासपोर्ट हरायो भनेर स्वदेश फर्कन नदिइ अवैध काम गर्न बाध्य पार्ने गरिएको बताइन्छ।
दूतावासका अनुसार कम्बोडियासहित त्यस क्षेत्रका अन्य देशहरू लाओस र म्यानमारमा पनि नेपालीहरू यसरी पुग्ने गरेका छन् । ती देशमा पुगेपछि नेपालीहरूको पासपोर्ट खोसिने र अवैध काममा लाग्न बाध्य पारिने गरिएको छ । दूतावासले लोभमा परी ती देशहरूमा पुगेर विचल्लि परेकाहरूको उद्धार गर्दै आएको छ।
यसै क्रममा शुक्रबार दूतावासले २१ जना नेपालीको उद्धार गरेको छ । दूतावासले गत विहिबार दूतावासले १६ र बुधबार ३ जनाको उद्धार गरेको थियो।
दूतावासले अझै पनि त्यहाँ दर्जनौँ नेपालीहरू फसिरहेको जनाएको छ । अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका उनीहरूलाई नेपाल फर्काउने पहल भईरहेको दूताबासले जनाएको छ। प्रलोभनमा परि त्यहाँ पुगेका नेपालीहरूलाई कम्बोडिया सरकारको गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा स्वदेश फर्काउने अभियान सञ्चालन गरिरहेको छ।
यस्तो अवस्थामा रहेर फर्कन चाहने नेपालीहरूलाई नेपाली राजदूतावास बैंकक वा गैर आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु शिवराज पराजुलीलाई (+८५५१२२१५५७८) मा लालसिहं खडकालाई (+८५५९३२०३६६६) मा रामजी श्रीकुमार छेत्री (+८५५९६३४६५७८८)मा यथासिघ्र सम्पर्क गर्न आग्रह गरेको छ।नुमतिपत्र जारी गरिदिने गरेको छ।
दूताबासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका आग्रह गरेको छ ।

प्रतिक्रिया