ग्लोबल


ट्रम्पलाई धक्का, अमेरिकी अदालतले करमा लगायो रोक

ट्रम्पलाई धक्का, अमेरिकी अदालतले करमा लगायो रोक

नेपालखबर
जेठ १५, २०८२ बिहिबार ९:५५, काठमाडौँ

अमेरिकाको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको व्यापक कर लागु गर्न रोक लगाएको छ।

यो निर्णयलाई ट्रम्पको आर्थिक नीतिको एक महत्वपूर्ण भागमा ठूलो धक्का मानिएको छ।

अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसद्वारा लागु आपत्‌कालीन कानुनले राष्ट्रपतिलाई लगभग हरेक देशमा कर लगाउने एकतर्फी अधिकार नदिने फैसला गरेको हो।

म्यानहट्टनस्थित अदालतले अमेरिकी संविधानले कंग्रेसलाई अन्य देशसँग व्यापार गर्न विशेष अधिकार दिएको र अर्थतन्त्रको रक्षा गर्ने राष्ट्रपतिको जिम्मेवारीले यसलाई अतिक्रमण गर्न नसक्ने बताएको छ।

ट्रम्प प्रशासन दोस्रोपटक ह्वाइट हाउस फर्किएपछि अदालतले चीन, मेक्सिको र क्यानडामा लगाइएका छुट्टाछुट्टै भन्सार शुल्क लगाउन पनि रोक लगाएको छ।

अदालतको यो निर्णयविरुद्ध केही मिनेटमै ट्रम्प प्रशासनले पुनरावेदन दायर गरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad