ग्लोबल


भारतले रुसबाट तेल किन्न बन्द गर्‍यो भने २५ प्रतिशत कर छुट हुन सक्छ: ट्रम्पका व्यापार सल्लाहकार

भारतले रुसबाट तेल किन्न बन्द गर्‍यो भने २५ प्रतिशत कर छुट हुन सक्छ: ट्रम्पका व्यापार सल्लाहकार

डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारो


नेपालखबर
भदौ १२, २०८२ बिहिबार १३:३८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतले युक्रेनविरुद्ध रुसको युद्धलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन्।

उनले यो युद्धलाई 'मोदीको युद्ध'समेत भनेका छन्। 

नभारोले बुधबार ब्लुमबर्ग टेलिभिजनको कार्यक्रममा भनेका छन्, ‘यदि भारतले रुसी तेल किन्न बन्द गर्‍यो भने भोलि २५ प्रतिशत छुट पाउन सक्छ।’

यस क्रममा उनले रुसको तेल किन्न छाड्दिनँ भनेर भारतले किन भनेको भनेर प्रश्न पनि गरे। 

नभारोले भनेका छन्, ‘रुसले त्यो (भारतलाई तेल बेचेको) पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्छ, धेरै युक्रेनीलाई मार्छ। अनि युक्रेन हामी र युरोपकहाँ आउँछ र भन्छ- हामीलाई थप पैसा दिनुहोस्।’

उनले अगाडि भनेका छन्, ‘यसरी अमेरिकी जनता हार्छन्, किनभने हामीले मोदीको युद्धलाई आर्थिक सहयोग गर्नुपर्छ।’

अमेरिकाले बुधबार (अगस्ट २७) देखि भारतबाट आफ्नो देशमा आउने सामानमा थपिएको २५ प्रतिशतसमेत कुल ५० प्रतिशत भन्सार महसुल लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad