ad ad

ग्लोबल


इरानको चेतावनीमा इजरायललाई अमेरिकाको समर्थन

इरानको चेतावनीमा इजरायललाई अमेरिकाको समर्थन

अमेरिकाका राष्ट्रपति जो बाइडेन


नेपालखबर
चैत २९, २०८० बिहिबार १०:३७, काठमाडौँ

इरानको चेतावनीका बीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायललाई सबै सम्भव सहयोग गर्ने वाचा गरेका छन्। इरानले इजरायललाई कारबाही गर्ने चेतावनी दिएको छ।

हालै सिरियामा भएको आक्रमणमा धेरै इरानी मारिएका छन्। 

अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘हामी इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्नेछौं।’

इदको अवसरमा जारी सन्देशमा इरानी नेता आयातोल्लाह अली खामेनीले सिरियाको राजधानी दमास्कसमा इजरायलले गरेको आक्रमण इरानविरुद्धको आक्रमण भएको बताएका थिए।

उनले भने, ‘जब उनीहरूले हाम्रो दूतावास क्षेत्रमा आक्रमण गरे, हाम्रो माटोमा आक्रमण गरेजस्तो भयो।’

उनले इजरायललाई सजाय दिने चेतावनी दिए। 

अप्रिल १ मा इरानी दूतावास भवनमा भएको आक्रमणमा वरिष्ठ इरानी सैन्य अधिकारीसहित १३ जनाको मृत्यु भएको थियो।

इजरायलले यस आक्रमणको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको आशंका गरिएको छ।

यस हमलापछि उक्त क्षेत्रमा उपस्थित इजरायली र अमेरिकी सैनिक उच्च सतर्कतामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .