ग्लोबल


भारतमा जो बने सबैभन्दा कम उमेरका सांसद

भारतमा जो बने सबैभन्दा कम उमेरका सांसद

भारतमा भर्खरै सम्पन्न चुनावबाट सबैभन्दा कम उमेरको सांसद बनेका पुष्पेन्द्र सरोज र सबैभन्दा कम उमेरकी महिला सांसद शाम्भवी चौधरी।


नेपालखबर
जेठ २३, २०८१ बुधबार २०:४७, काठमाडौँ

भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनबाट २५ वर्षीय पुष्पेन्द्र सरोज सबैभन्दा कम उमेरका सांसद बनेका छन्। 

कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनबाट समाजवादी पार्टीका उम्मेदवार उनले कौशाम्बी लोकसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका हुन्। भाजपाको टिकटमा सो क्षेत्रबाट लगातार दुई कार्यकाल चुनाव जितेका विनोद सोनकरलाई १ लाख ३ हजार ९४४ मतान्तरले हराउँदै पुष्पेन्द्र सबैभन्दा कान्छो सांसद बन्न सफल भएका हुन्।

चुनावको नतिजा सार्वजनिक भएको दिन जुन ४ (जेठ २२) मा उनको उमेर २५ वर्ष ३ महिना ३ दिनको भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यस्तै शाम्भवी चौधरी भने सबैभन्दा कान्छी महिला सांसद बन्न सफल भएकी छन्। मत परिणाम सार्वजनिक भएको दिन (जुन ४) उनको उमेर २५ वर्ष ११ महिना र २० दिन मात्र भएको थियो। 

उनी लोजपा (रा) बिहार सरकारका मन्त्री अशोक चौधरीकी छोरी हुन्। उनी समस्तीपुर (एसयू) लोकसभा सिटबाट निर्वाचित भएकी हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी कंग्रेसका सन्नी हजारीलाई १ लाख ८७ हजार मतान्तरले हराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad