ग्लोबल


भारतको स्वतन्त्रता दिवसमा पाकिस्तानविरुद्ध मोदीको आक्रोश: अब आणविक धम्की सहँदैनौँ

भारतको स्वतन्त्रता दिवसमा पाकिस्तानविरुद्ध मोदीको आक्रोश: अब आणविक धम्की सहँदैनौँ

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ८:४९, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई इंगित गर्दै ‘आणविक धम्की नसहने’ चेतावनी दिएका छन्। 

आज (अगस्ट १५) भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानविरुद्धको अपरेसन सिन्दूरमा सहभागी सुरक्षाकर्मीहरूलाई सम्झिए। 

उनले भने, ‘आज, मलाई लाल किल्लाको पर्खालबाट अपरेसन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको छ। हाम्रा बहादुर सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएका छन्।’

उनले थपे, ‘भारतले निर्णय गरेको छ- हामी अब आणविक धम्की सहन गर्दैनौँ। हामी अब ब्ल्याकमेलिङ सहन गर्दैनौँ।’

यस क्रममा मोदीले पहलगाममा आतंककारीहरूले धर्म सोधीसोधी मानिस मारिएको घटना पनि उल्लेख गरे। 

उनले भने, ‘श्रीमान्‌लाई उनकी श्रीमतीका अगाडि गोली हानी मारियो, बुबालाई उनका छोराछोरीका अगाडि मारियो।’

उनले थपे, ‘पूरा भारत क्रोधले भरिएको छ। यस प्रकारको नरसंहारबाट सम्पूर्ण विश्व स्तब्ध भएको थियो। अपरेसन सिन्दूर त्यो क्रोधको अभिव्यक्ति हो।’

यसअघि बिहीबार (अगस्ट १४) मात्र पाकिस्तानले आफ्नो ७८औँ स्वतन्त्रता दिवसका अवसरमा भारतलक्षित ‘आर्मी रकेट फोर्स कमान्ड’ घोषणा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad