फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सेबास्टियन लेकोर्नुलाई प्रधानमन्त्रीका रूपमा फर्कन आग्रह गरेका छन्। लेकोर्नुले चार दिनअघि मात्र राजीनामा दिएका थिए।
म्याक्रोनले सबै प्रमुख दलसँगको बैठकको केही घण्टापछि शुक्रबार लेकोर्नुलाई प्रधानमन्त्री पदमा फर्किन अनुरोध गरेका हुन्।
बैठकमा अति-दक्षिणपन्थी र अति-वामपन्थीबाहेक सबै दल सहभागी भएका थिए।
यद्यपि, लेकोर्नुको पुनरागमन मुस्किल छ। उनी सरकार बनाउन सक्षम हुनेछन् कि छैनन् भन्ने पनि अनिश्चित छ।
संसद्मा अर्को वर्षको बजेट प्रस्तुत गर्न सोमबारसम्म समय छ।
यस हप्ता फ्रान्सेली राजनीतिमा उथलपुथल देखिएको छ।
फ्रान्कोइस बायरोको सरकारको पतनपछि लेकोर्नु फ्रान्सको प्रधानमन्त्री बनेका थिए। लेकोर्नु पछिल्लो दुई वर्षमा फ्रान्सका पाँचौँ प्रधानमन्त्री बनेका थिए।
तर त्यसको २६ दिनपछि नै उनले राजीनामा दिए।
Shares

प्रतिक्रिया