ग्लोबल


इरानका नयाँ सर्वोच्च नेतासहित मुख्य नेताबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार: अमेरिका

इरानका नयाँ सर्वोच्च नेतासहित मुख्य नेताबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार: अमेरिका

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी


नेपालखबर
फागुन ३०, २०८२ शनिबार ८:२६, काठमाडौँ

अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ।

अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्ता नेता १० जना रहेको उल्लेख गरिएको छ तर ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको छ। 

जसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि छन्। 

अली लारिजानीलाई यसअघि इरानमा सरकार समर्थक र्‍यालीमा देखिएको थियो।

अमेरिकाको दाबीअनुसार उनीहरूले आईआरजीसीका सैन्य एकाइका विभिन्न भागको नेतृत्व र सञ्चालन गर्छन्। 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा यही मार्च ९ देखि नयाँ सर्वोच्च नेता बनेका हुन्। 

त्यसयता युद्ध जारी छ भने यो द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ। 

इरानले इजरायल तथा अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्रमार्फत हमला गरिरहेको छ।

यस क्रममा अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उता अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad