ग्लोबल


इरान र अमेरिकालाई ओमानको अपिल: वार्ता जारी राख्नू, युद्धविराम लम्ब्याउनू

इरान र अमेरिकालाई ओमानको अपिल: वार्ता जारी राख्नू, युद्धविराम लम्ब्याउनू

ओमानका विदेशमन्त्री बदर अल-बुसैदी


नेपालखबर
चैत ३०, २०८२ सोमबार ६:४०, काठमाडौँ

ओमानले अमेरिका र इरानलाई युद्धविरामको अवधि बढाउन र वार्तालाई निरन्तरता दिन अपिल गरेको छ।

इरान र अमेरिकाबिच पाकिस्तानमा भएको वार्ता विफल भएपछि ओमानका विदेशमन्त्री बदर अल-बुसैदीले वार्तालाई निरन्तरता दिन आह्वान गरेका हुन्।

बदर अल-बुसैदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सफलताका लागि सबै पक्षले कठिन सम्झौता गर्नुपर्ने हुन सक्छ, तर यो हार र युद्धको पीडाको तुलनामा केही पनि होइन।’

युद्ध सुरु हुनुअघि इरान र अमेरिकाबिच भएका धेरै चरणका अप्रत्यक्ष वार्ता ओमानले नै आयोजना र मध्यस्थता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad