ग्लोबल


इरानले भन्यो: पाकिस्तानमा फेरि अमेरिकासँग वार्ता गर्ने विचार गरिरहेका छौँ

इरानले भन्यो: पाकिस्तानमा फेरि अमेरिकासँग वार्ता गर्ने विचार गरिरहेका छौँ

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १०:५७, काठमाडौँ

इरानका एक वरिष्ठ अधिकारीले पाकिस्तानमा फेरि अमेरिकासँग शान्ति वार्ता गर्ने विचार गरिरहेको बताएका छन्।

पाकिस्तानले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाउन अमेरिकालाई मनाउने प्रयास गरेपछि यो कुरा आएको हो।

बीबीसी अरबीका अनुसार, ती इरानी अधिकारीले भनेका छन्, ‘अहिलेसम्म अन्तिम निर्णय भने भइसकेको छैन, तर यसलाई सकारात्मक रूपमा विचार गरिँदै छ। पाकिस्तानले मध्यस्थकर्ताको काम गरिरहेको छ, अमेरिकी नाकाबन्दी अन्त्य गर्न र इरानको सहभागिता सुनिश्चित गर्न काम गरिरहेको छ।’

रोयटर्सले पनि इरानका एक वरिष्ठ अधिकारीले पाकिस्तानमा फेरि अमेरिकासँग वार्ता गर्ने विचार गरिरहेको बताएको उल्लेख गरेको छ। 

यसैबिच इरानसँग वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स आज पाकिस्तान प्रस्थान गर्ने बीबीसीले जनाएको छ। अमेरिका-इरानबिच दोस्रो चरणको वार्ता बुधबार पाकिस्तानको राजधानी इस्लामाबादमा गर्ने तयारी छ।  

यसैबिच इरान र अमेरिकाबिच दोस्रो चरणको वार्ता हुने आशामा पाकिस्तानको राजधानी इस्लामाबादमा भने सुरक्षा व्यवस्था कडा पारिएको छ। 

यसअघि यही अप्रिल ११-१२ मा इस्लामाबादमै २१ घण्टा भएको अमेरिका-इरान वार्ता निष्कर्षविहीन भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad