भारतीय कंग्रेसले तमिलनाडुमा अभिनेता थालापति विजयको पार्टी तमिलगा वेट्री कजगम (टीभीके) लाई समर्थन गर्ने संकेत दिएको छ।
कंग्रेस महासचिव केसी वेणुगोपालले टिभीके प्रमुख विजयले सरकार बनाउन कंग्रेसको समर्थन मागेको बताए।
वेणुगोपालले भने, ‘कंग्रेसले स्पष्ट रूपमा विश्वास गर्छ कि तमिलनाडुमा जनादेश धर्मनिरपेक्ष सरकारका पक्षमा छ, जो संविधानको भावना र अक्षर भावना दुवैको रक्षा गर्न प्रतिबद्ध छ।’
उनले थपे, ‘कंग्रेसले भाजपा र यसका सहयोगीले कुनै पनि रूपमा तमिलनाडु सरकार चलाउन नसक्ने कुरा सुनिश्चित गर्न चाहन्छ। थिरु विजयले कामराजबाट प्रेरणा लिने इच्छा पनि व्यक्त गरेका छन्।’
वेणुगोपालका अनुसार, ‘कंग्रेस नेतृत्वले तमिलनाडु कंग्रेस समितिलाई चुनावी जनादेशमा प्रतिबिम्बित राज्यको भावनालाई ध्यानमा राख्दै थिरु विजयको अनुरोधमा अन्तिम निर्णय लिन निर्देशन दिएको छ।’
तमिल अभिनेता थालापति विजय नेतृत्वको दल टीभीकेले तमिलनाडुका २३४ क्षेत्रमध्ये १०८ वटा जितेको छ।
त्यहाँ सरकार बनाउन ११८ सिट चाहिन्छ। कंग्रेसले तमिलनाडुमा ५ सिट जितेको छ।
Shares

प्रतिक्रिया