अमेरिका र इजरायलले फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी युद्ध सुरु गरेयता इरानले पहिलोपटक संसद् बैठक बोलाएको छ।
इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएका अनुसार संसद्का प्रवक्ता अब्बास कोडारजीले युद्ध सुरु भएयता संसद्को पहिलो बैठक भिडिओ कन्फरेन्समार्फत हुने घोषणा गरेका हुन्।
उनले भने, ‘घोषित उपाय र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै बैठक आइतबार भिडिओ कन्फरेन्सिङमार्फत हुनेछ।’
बैठकमा सांसदहरूले आर्थिक मुद्दा र युद्धका कारण इरानी जनताको जीविकोपार्जनबारे चिन्ताबारे छलफल गर्ने बताइएको छ।
यसअघि इरानी संसद्को अन्तिम बैठक फेब्रुअरी १६ मा बसेको थियो।
210
Shares

प्रतिक्रिया