इरानसँग तनावका बिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै चीनको भ्रमण गर्ने भएका छन्।
चीनको विदेश मन्त्रालयले ट्रम्पले यही मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्ने पुष्टि गरेको हो।
यो भ्रमण झन्डै नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमण हुनेछ।
ट्रम्पको भ्रमण गत मार्चमैे तय गरिएको थियो तर मध्यपूर्वमा जारी तनावका कारण स्थगन गरिएको थियो।
यस भ्रमणका क्रममा ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्।
भेटमा मध्यपूर्व र होर्मुज स्ट्रेटमा जारी तनाबारे छलफल हुने सम्भावना छ।
हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि चीन भ्रमण गरेका थिए।
स्मरणीय छ- चीनले यसअघि नै भनिसकेको छ, 'होर्मुज स्ट्रेट विश्वको एक महत्त्वपूर्ण व्यापार मार्ग हो र यसलाई अवरुद्ध गर्नु बुद्धिमानी निर्णय होइन।'
Shares

प्रतिक्रिया