हिमन्त विश्व शर्माले मंगलबार असमको मुख्यमन्त्रीका रूपमा शपथ खाएका छन्। उनी लगातार दोस्रो कार्यकालका लागि राज्यको मुख्यमन्त्री बनेका हुन्।
हिमन्तसँगै चार जना विधायकले पनि मन्त्रीका रूपमा शपथ खाएका छन्। रामेश्वर तेली, अतुल बोरा, चरण बोरो र अजन्ता नेओग मन्त्री बनेका हुन्।
शपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत मन्त्री, भाजपा-एनडीए शासित राज्यका मुख्यमन्त्री तथा भाजाका वरिष्ठ नेताहरू उपस्थित थिए।
असममा हालै भएको विधानसभा चुनावमा एनडीएले दुईतिहाइ बहुमत ल्याएपछि सरकार बनाएको हो।
भाजपा एक्लैले ८२ सिट जित्यो भने यसका सहयोगी दलहरू असम गण परिषद् (एजीपी) र बोडोल्यान्ड पिपुल्स फ्रन्ट (बीपीएफ) ले १०-१० सिट जिते।
48
Shares

प्रतिक्रिया