बिहीबार चीनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच द्विपक्षीय वार्ता भएको छ।
यसैबिच दर्जनभन्दा बढी पुरुष लामो टेबलमा बसेर गरिएको वार्तामा एकजना पनि महिला नभएको भनी सञ्चारमाध्यमा टिप्पणी भएको छ।
सीएनएनले तस्बिरसहित द्विपक्षीय वार्तामा अमेरिका र चीन कतैतर्फ पनि महिला छैनन् भनेर लेखेको छ।
चीन र अमेरिका दुवै देशका सरकारको उच्चतम तहमा महिलाको प्रतिनिधित्व कम छ। अमेरिका र चीन दुवै देशमा अहिलेसम्म महिला नेता हुन पाएका छैनन्।
पार्टी र केन्द्रीय सरकारको निगरानी गर्ने दुई दर्जन शीर्ष अधिकारी रहेको चीनको पोलिटब्युरोमा हाल कुनै पनि महिला छैनन्।
ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुसी वाइल्स यो भूमिकामा सेवा गर्ने पहिलो महिला हुन्, यद्यपि उनी राष्ट्रपति ट्रम्पसँग बेइजिङ आएकी छैनन्।
ह्वाइट हाउसकी प्रोटोकल प्रमुख मोनिका क्राउली भने ट्रम्पसँग चीन भ्रमणमा त छिन् तर उनी सीसँगको बैठकमा सहभागी भइनन्।
हाल ट्रम्पको मन्त्रिपरिषद्मा हाल चार महिला मात्र छन्।
Shares

प्रतिक्रिया