ग्लोबल


भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १२:८, काठमाडौँ

भारतमा कोरोना संक्रमणका कारण मानिसको मृत्यु हुने क्रम जारी छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप २ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। 

बुधबार महाराष्ट्रको ठाणेमा बुधबार कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई मे २५ तारिख अस्पताल भर्ना गरिएको थियो। उनलाई उच्च रक्तचाप र मधुमेह थियो भने उनले कोरोनाविरुद्धको खोप पनि लिएका थिएनन्।

यस्तै बुधबार चण्डीगढमा पनि कोरोना उपचारका क्रममा उत्तर प्रदेशका ४० वर्षीय पुरुषको मृत्यु भएको छ। उनी पन्जाबको लुधियानामा काम गर्थे। सास फेर्न गाह्रो भएपछि उनलाई चण्डीगढ रेफर गरिएको थियो। 

भारतभर कोरोना संक्रमण हुने क्रम बढिरहेको छ। अहिलेसम्म भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १३२६ पुगेको छ।

जसमा सबैभन्दा बढी केरलामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

भारतमा कोरोना संक्रमण र मृत्युको सूची:

छिमेकी मुलुकमा कोरोना संक्रमण भयावह हुँदै जाँदा नेपालमा पनि जोखिम बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad