ग्लोबल


मुम्बई विमानस्थलमा उड्न लागेको र अवतरण गरेको दुई विमानका पखेटा ठोकिए

मुम्बई विमानस्थलमा उड्न लागेको र अवतरण गरेको दुई विमानका पखेटा ठोकिए

नेपालखबर
माघ २१, २०८२ बुधबार ८:३, काठमाडौँ

मंगलबार साँझ भारतको मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा आपसमा ठोकिएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै विमानमा यात्रु भरिभराउ भएका बेला पखेटा जुधेका हुन्। यद्यपि कसैलाई चोटपटक लागेको छैन।

भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार, एयर इन्डियाको उडान एआई२७३२ मुम्बईबाट कोइम्बतुर उडान भर्नुअघि ट्याक्सी-वेमा खडा थियो।

यसैबिच हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान ६ई७९१ अवतरण गरेको थियो। त्यही क्रममा दुई विमानका पखेटाका टुप्पा ठोकिएका हुन्। 

घटनालगत्तै दुवै विमानलाई प्राविधिक निरीक्षणका लागि पार्किङ एरियामा पठाइयो।

एयर इन्डियाका अनुसार, उडान एआई२७३२ को पखेटाको टुप्पोमा सामान्य क्षति पुगेको छ।

घटनालगत्तै सबै २०० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। 

ठोकिएर विमानको पखेटामा भएको क्षति।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad