ad ad

कर्णाली


कर्णालीका मुख्यमन्त्री शाही हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा एकल सिफारिस

कर्णालीका मुख्यमन्त्री शाही हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा एकल सिफारिस

नेपालखबर
भदौ १६, २०७९ बिहिबार २१:२८, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगामी मंसिर ४ गते हुने निर्वाचनमा हुम्लाबाट एकल उम्मेदवारी सिफारिस भएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनका लागि हुम्ला जिल्लाबाट मुख्यमन्त्री शाही एकल उम्मेदवार सिफारिस भएका हुन्। बिहीबार नेपाली कांग्रेसले शाहीलाई दुवै पदमा सिफारिस गर्ने निणर्य गरेको हो। 

शाही २०७४ को स्थानीय तहको निर्वाचनमा हुम्ला–२ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए। उनले चार हजार ५१९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरेका थिए। भण्डारीले तीन हजार ९९५ मत प्राप्त गरेका थिए।

एक प्रतिनिधि सभा निवाृचन क्षेत्र रहेको हुम्लामा २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका थिए।

लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका थिए। 

गठबन्धनको भागवण्डा पर्खिएका मुख्यमन्त्री शाहीले प्रदेशमै बस्ने की संघमा जाने भन्ने निणर्यमा पुगि नसकेको स्रोतले बताएको छ।

यद्यपी गठबन्धन भए पनि शाहीका लागि प्रतिनिधि सभामा स्वतन्त्रबाट चुनाव जितेका उनै लामा सहज सावित भने नहुने धेरैको आकलन छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .