ad ad

कर्णाली


सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १ यात्रु घाइते

सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १ यात्रु घाइते

नेपालखबर
असोज १२, २०७९ बुधबार ६:५५, काठमाडौँ


सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए। 

‘अहिले म घटनास्थलमै छु, जिपमा सवार ९ जनामध्ये ८ जनाको मृत्यु भएको छ’, उनले टेलिफोनमा नेपाखबरलाई बताए।  

उनका अनुसार मृतक सबै कपुरकोट गाउँपालिकाका हुन्। मृतकहरूमा कपुरकोट ६ का बसन्त ओली र टोपबहादुर ओली, कपुरकोट ५ का ललित ओली, वडा नम्बर ६ का सुरेश खत्री, गाडी चालक जितबहादुर बोहोरा, कपुरकोट–६ का खुमलाल ओली छन्। अन्यको नाम खुल्न बाँकी छ। 

मूलपानीनजिकै बुधबार बिहान २ बजे जिप दुर्घटना भएको हो। 

प्रहरीका अनुसार बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानी नजिकै दुर्घटना भएको हो ।

एक जना घाइते भएका छन्। उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको अध्यक्ष पुनले जानकारी दिए। 

घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .