कर्णाली


कर्णाली प्रदेश : कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने

कर्णाली प्रदेश : कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने

नेपालखबर
पुस ७, २०७९ बिहिबार १४:४९, सुर्खेत

नेपाली कांग्रेस कर्णाली प्रदेशले कर्णालीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। बिहीबार बसेको नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको निर्वाचन गर्नका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमनबहादुर शाहीले जानकारी दिए। 

उनका अनुसार निर्वाचन समितिको संयोजकमा कृष्णबहादुर रोकाय, सदस्यमा खगिसरा आचार्य र दमनबहादुर शाही रहेका छन्। 

यस्तै, कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा पनि निर्णय गरेको छ। जसमा बर्तमान गठबन्धनलाई कायम रहने गरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने जनाइएको छ। 

कर्णाली प्रदेश सभामा पार्टीको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम पुस १२ गते दिउँसो ३ बजे पार्टी कार्यालयमा आयोजना गर्ने पनि निर्णय कांग्रेसले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad