कर्णाली


जसले पाउँदै छन् कर्णाली प्रदेश पत्रकारिता पुरस्कार, तीनैजना दैलेखका

जसले पाउँदै छन् कर्णाली प्रदेश पत्रकारिता पुरस्कार, तीनैजना दैलेखका

नेपालखबर
असार २५, २०८० सोमबार १०:१९, सुर्खेत

कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० का लागि तीन पत्रकार सिफारिस भएका छन्। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पुरस्कारका लागि आइतबार तीन पत्रकारको नाम प्रकाशन गरेको हो। 

कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८० बमोजिम मन्त्रालयले असार १५ गते पुरस्कारका लागि आवेदनको आह्वान गर्दै सूचना निकालेको थियो।

तोकिएको म्यादभित्र मन्त्रालयको विद्युतीय प्रणालीमा दर्ता भएका आवेदनहरुको कार्यविधिअनुसार मूल्यांकन गरी तीन पत्रकारको नाम छनोट गरिको मन्त्रालयले जनाएको छ।

यस्तै आइतबार बसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार पत्रकारहरुको नामावली तयार पारिएको हो।

छनोट भएका तीनैजना पत्रकार दैलेखका हुन्। जसमा जिल्लाका ठाटीकाँध गाउँपालिका–१ का पंखबहादुर शाही (रातोपाटी डटकम), सोही ठाउँका भक्तबहादुर शाही (ग्यालेक्सी फोरके टेलिभिजन) र डुङ्गेश्वर गाउँपालिका–२ का हिक्मतबहादुर नेपाली (अन्नपूर्ण पोस्ट दैनिक) छन्।

उनीहरुलाई प्रमाणपत्रसहित जनही ५० हजार रुपैयाँ पुरस्कार दिइने मन्त्रालयले जनाएको छ।

गत वर्ष उक्त पुरस्कार (प्रादेशिक पत्रकार पुरस्कार) सुर्खेतका ललितबहादुर बुढा, चाँदनी कठायत र सल्यानकी सरिता चलाउनेलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .